प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी

प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन हुनुभएको छ । कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो ।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीले शुक्रबार नै पदभार ग्रहण गर्नुभएको छ । यसअघि किशोर श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामा पत्र बुझाउनुभएको थियो । श्रेष्ठको पदावधि आउँदो १२ गते सकिँदैछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार