शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बाट बँदेल मारेर मासु बनाउँदै गरेका २ जना पक्राउ

शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बाट बँदेल मारेर मासु बनाउँदै गरेका २ जना पक्राउ
बारामद गरेको जंगली बदेलको मासु

धनगढीः कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा पु¥याएका सुडाका ज्ञानेन्द्र पाण्डे र पुष्कर विष्ट शुक्रवार पक्राउ परेका हुन्।

उनीहरूले जङ्गली बँदेल मारेर ल्याई पोलेर काट्ने तयारी गरी रहेकै समयमा गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संयुक्त टोली सुडा स्थित आरामीलमा पुगेको थियो।

आरामीलमा बँदेलको मासु बनाउन राखीएको ग्यास, तराजु र घरेलु हतियार पनि बरामद गरीएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख लक्ष्मण पौडेलले बताए। पक्राउ परेका उनिहरुमाथी थप अनुशन्धान भई मुद्दा अघि बढाइने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार