इन्टरनेटको गुणस्तरीयता, चलाउने उपकरण को पहुच अनि डिजिटल शिक्षा प्रणाली !

बैकल्पिक शिक्षाको रुपमा अनलाइन शिक्षालाई मात्र बुझिदिदा असमानताहरु सिर्जना हुने सम्भावना उच्च देखियो

इन्टरनेटको गुणस्तरीयता, चलाउने उपकरण को पहुच अनि डिजिटल शिक्षा प्रणाली !

बैकल्पिक शिक्षाको रुपमा अनलाइन शिक्षालाई मात्र बुझिदिदा असमानताहरु सिर्जना हुने सम्भावना उच्च देखियो

Nabin Paneru
सोध पत्र
Advertisement

कोभिड-१९ ले निम्त्याएको विश्वव्यापी संकट र यसका प्रभावहरु विभिन्न क्षेत्रमा व्यापक नै छ । कोभिडको अन्त्य कसरी हुन्छ , कोभिडको विश्व परिस्थिति कस्तो हुनेछ भन्ने विषयमा बहसहरु यत्रतत्र सुरु भइरहेको छ । कोभिड १९ का कारण मुख्यतया आयाआर्जनको श्रोत र शिक्षा सबैभन्दा प्रभावित बन्न पुगेको देखियो।

बालबालिका, अभिभावक, शिक्षक लगायतको दिनचर्या फेरिएसँगै कोरोना कहरपछि खुल्ने विद्यालयको वातावरण निश्चित रुपमा विगतभन्दा फरक प्रकृतिका हुनेछन् । विभिन्न तहका सरकार, समुदाय, अभिभावक, आम संचार माध्यम लगायत समग्र शैक्षिक सरोकारवालाहरुको शैली र संरचनामा कोभिडले परिवर्तन ल्याउने निश्चित छ।

लामो समयसम्म विद्यालय बन्द भईरहँदा बालबालिकाहरुको भविष्यको चासो र चिन्ता समग्र पक्षहरुलाई परेको छ। शैक्षिक गतिबिधि सुचारु गर्न विभिन्न तहमा छलफल भैरहेका छन्, विभिन्न नीति, योजना, कार्यक्रम तर्जुमा गर्ने क्रममा नै छन् यद्यपि विद्यालयहरु कुन मितिबाट पूनस् सुचारु होलान् भन्ने अन्योल्ता उत्तिकै छ।

यस बीचमा विद्यालय शिक्षाका अनेक विकल्पहरुका खोजि र प्रयासहरु पर्याप्त भैरहेका छन्। बैकल्पिक सिकाइ र शिक्षणका विभिन्न अभ्यासहरु जस्तै दूर शिक्षा, विद्युतीय माध्यमबाट अनलाइन कक्षा, क्षेत्र शिक्षण वा समूह शिक्षण सुरु भएका छन्।

रेडियो टेलिभिजन, मोबाइल र इन्टरनेट सहायताले सिक्ने सिकाउने प्रकृयाको निकै राम्रै बहस र पैरवीहरु भईरहेका छन्। यस प्रकारका शिक्षण विधिमा थोरै मात्र ९सीमित शिक्षक सीमित भूमिका० शिक्षकको आवश्यकता महशुस गरिदैछ। साथै कोभिडको प्रकोप लम्बिदै गएसँगै उब्जिएको विषम् परिस्थितिले हजारौँ शिक्षकको रोजीरोटी गुम्ने खतरा देखापरेको छ।

आखिर विद्यालय र विद्यार्थी नै नभएपछि शिक्षकहरु बेरोजगार बन्नुपर्ने त बाध्यता नै भयो। कोरोना कहर लम्बिदै जाँदा वा तत्काल कुनै औषधी वा खोप सहज नभएसम्म के विद्यालयहरु बन्द नै रहने छन रु विद्यार्थी र शिक्षकको भेट अब के डिजिटल माध्यमबाट मात्र सिमित रहने होरु छोराछोरी विद्यालय पठाएर बाबुआमा नियमित काममा जाने वातावरण कहिलेसम्ममा बन्छ रु

अब के विद्यालय र शिक्षकमा गरिने लगानी इन्टरनेट, टेलिभिजन र रेडियो जस्ता सेवा विस्तारमा गरिनु पर्ने अवस्था आएको हो तरु के दीर्घकालमा शिक्षण सिकाइ प्रयोजनका लागि साँच्चिकै शिक्षकको आवश्यकता नपर्ने नै हो तरु विश्वव्यापी कहर र प्रविधिको पहुँच र विस्तारले शिक्षक र शिक्षण संस्था विस्थापित गर्ने छन् तरु यस्तै अनेक प्रश्नहरु उत्तर खोजिरहेका छन्।

डिजिटल शिक्षण र डिजिटल डिभाइडस्:

आज प्रविधिको विकास र समाजको गतिशीलताले गर्दा सिक्ने सिकाउने र शिक्षा आदान प्रदानको प्रणालीमा ब्यापक परिवर्तन र सहजता आईसकेको छ। अझ पछिल्लो समयमा इन्टरनेटको विश्वव्यापीकरणले त कुनै पनि सवालको जवाफ एक क्लिकको भरमा सम्भव बनाइदिएको छ।

अहिले कुनै पनि कुरा सिक्न शिक्षकलाई गुहार्नुपर्ने आवश्यकता छैन। शिक्षण सिकाइलाई सहज बनाउन रेडियो, टिभी, मोबाइल एप, वेबसाइट, भिडिओ, ट्युटोरीयल्स आदि जस्ता डिजिटल प्ल्याटफर्महरु यति धेरै उपलब्ध छन् कि मानौ अब शिक्षाबाट कोही बन्चित हुनु पर्ने छैन। यो महामारीले त्यस्ता डिजिटल प्ल्याटफर्महरुको महत्वलाई अझै उजागर गरिदिएको छ ।

राज्यले पनि यस्ता डिजिटल प्ल्याटफर्महरुको आवश्यकता स्वीकार्दै केही सुरुवात गरिसकेको छ। हुन त हेरक चुनौतीले त्यत्तिकै मात्रामा अवसर पनि बोकेको हुन्छ। हाम्रा लागि डिजिटल शिक्षण सिकाइमा सोच्ने र काम गर्ने यो ठूलो अवसर बन्ने छ।

तर यसले हाम्रो जस्तो समाजमा शिक्षामा झन् ठूलो विभेद सिर्जना गर्दैछ वा गर्ने छ भन्ने तथ्य सँग भने सबै सचेत हुनु पर्ने छ।अन्यथा अबका दिनमा शिक्षाको क्षेत्रमा असमानाताको खाडल झन् गहिरो बन्ने निश्चित छ। यस किसिमको असमानता कम गर्न विभिन्न तहमा पूर्वतयारीहरु गरिनु पर्ने हो, त्यो भइरहेको छैन।

हुन त महामारीको अवस्थाभन्दा अगाडि पनि विद्यालयहरु पूर्ण सामाजिक समानताका बाहक भने थिएनन्। सबै शैक्षिक संस्थाहरु समान स्तरका छैनन्। सिकाइको गुणस्तर पनि विद्यालय अनुसार फरक थिएरछन्। संबिधानमा नै मौलिक हकका रुपमा उल्लेख गरिएको शिक्षा जस्तो राज्यको भविष्यसँग जोडिएको विषयमा कुनैपनि नागरिकलाई गुणस्तरीय शिक्षामा विभेद हुनु हुँदैन भन्ने छ।

स्कुलमा प्राप्त हुने शिक्षा पारिवारिक आयस्रोत, जन्मस्थान, जात, लिङ्ग, धर्म, भाषा आदिभन्दा स्वतन्त्र हुनु पर्दछ। तर बैकल्पिक शिक्षाको रुपमा अनलाइन शिक्षालाई मात्र बुझिदिदा यसले पुनस् असमानताहरु सिर्जना गर्न सम्भावना उच्च देखिएको छ । जसको मुख्य कारण भनेको डिजिटल डिभाइड हो।

डिजिटल डिभाइडका धेरै पक्षहरु छन्। पहिलो, घर तथा विद्यालयहरुमा इन्टरनेटको पहुँच एकदमै न्यून छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार १६ प्रतिशत नेपालीसँग तारबाट जोडिएको र ५५ प्रतिशतसँग मोबाइल इन्टरनेटको पहुँच छ। तर यथार्थ तथ्यांकमा देखाए जस्तो छैन। एकभन्दा बढी सेवा प्रदायकको डाटा प्रयोग गर्नेहरूको तथ्यांक दोहोरिएर यस्तो आएको पनि हुनसक्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको डिजिटल नेपाल फ्रेमवर्कमा ०७६ सम्ममा इन्टरनेटको पहुँच ६० प्रतिशत र मोबाइलको पहुँच शतप्रतिशत पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो, तर बिभिन्न कारण बस इन्टरनेटको पहुँच त्यतिसम्म नपुगेको प्रष्ट छ।

कतिपय विद्यार्थीका घर र विद्यालयहरुमा मात्र गुणस्तरीय इन्टरनेटको पहुँच छ। समस्या त्यतिमा मात्र कहाँ सीमित छ र रु कतिपय इन्टरनेट पुगेको स्थानमा पनि त्यसको गुणस्तर हामीले सोचे भन्दा निकै न्यून र निकै महँगो पनि छ। सैद्धान्तिक शिक्षा प्रणालीलाई बढी जोड दिइएको हाम्रो जस्तो मुलुकमा इन्टरनेटको गुणस्तरीयता र इन्टरनेट चलाउने गुणस्तरिय उपकरण , मोबाइल, ल्यापटप, कम्प्युटरको पहुँच कति होला, त्यो हामी आफ्नै क्षेत्र तिर तुलना गरेर अनुमान गर्न सक्छौ ।

सबै तहका विद्यार्थी माझ प्रविधि पुर्याउन नसक्दा सहरी क्षेत्रका केही परिवार र उच्च अहोदाका भनिएका बोर्डिङ तथा सामुदायिक विद्यालयहरुले बन्दाबन्दीको सुरुका दिन देखी नै अनलाइन कक्षालाइ सन्चालन गर्ने प्रयास गरे पनि सोचे जति उपयोगी र निरन्तरता पाउन सकेको छैन । दूर दराजका नानीहरुलाई त रेडियोमा पनि पढाइ हुन्छ भन्ने कुरा थाहा नै छैन। सधैको कोरोना र नेताका खबर मात्र दिन्छ भनेर रेडियोमा बेट्री नफेरेको कत्ति भैसक्यो होला ।

बिजुलीको आधारभूत पूर्वाधार समेत नपुगेका क्षेत्रमा पढ्ने नानीहरुको प्रतिस्पर्धा अन्य सुबिधा सम्पन्न क्षेत्रमा बस्ने र पढ्ने बालबालिकासँग कसरी समान हुनसक्छरु फेरि आन्तरिक रुपमा गरिने मूल्यांकनलाई समाजले स्वीकार नगरेको अवस्था पनि छ।

उदाहरण हेरौँ न, वर्षभरि मिहिनेत गरेर पनि परीक्षा केन्द्रबाट अप्रत्यासित रुपमा फर्काईएका एसइईका भाइबहिनीहरुको विद्यालयले मूल्यांकन गरेको नतिजालाई लिएर सामाजिक संजालमा निकै टिकाटिप्पणि पनि गरेको देखियो ।

हुन त विश्वव्यापी महामारीले यो प्रष्ट पार्यो कि संसारका निम्न तथा मध्यम आय भएका देशहरु तथा विकसित भनिएका देशहरुमा समेत शैक्षिक असमानता अत्याधिक रहेछ। केही विकसित राष्ट्रका पनि केही स्कुलहरुले मात्र आफ्नो शिक्षा प्रणालीलाई अनलाइन बनाएका रहेछन्।

विकसित राष्ट्रहरुको वर्षौ वर्षको शैक्षिक इतिहासमा त वर्तमान शिक्षा प्रणालीको विकल्पको लागि कुनै निश्चित योजना बनेका रहेनछन् भने हाम्रो जस्तो मुलुकको त के कुरारु नेपाल जहाँ डिजिटल डिभाइड अत्याधिक छ यस्तोमा अनलाइन शिक्षणको लागि निक्कै पूर्वतयारी गर्नु पर्दछ।

जस्तै शैक्षिक सामाग्रीहरु विध्यार्थी घर(घरमा पुर्याउने, विद्यार्थीहरुसँग निरन्तर अन्तरक्रिया गर्ने, अनलाईन कक्षाको नियमित अनुगमन, सिकारुहरुको मुल्यांकनलाई स्तरीय र बैधानिक बनाउने र सिकारुलाई पृष्ठपोषण प्रदान गर्ने आदि। त्यस बाहेक दूर शिक्षाका अन्य माध्यमहरुलाई प्रभावकारी रुपले प्रयोग गरिनु पर्दछ। तर यसलाई सबै विद्यार्थीको पहुँचमा समान रुपले पुर्याउन कठीन छ, यसले पुनस् नयाँ प्रकारका असमानताहरु पैदा गर्नेछन्।

डिजिटल डिभाइडको दोस्रो पाटो भनेको शिक्षकहरुमा प्राबिधिक सीपको कमि हो। शिक्षकहरूको डिजिटल स्किल्सको अन्तर पनि शैक्षिक असमानताको एउटा जड हो। तसर्थ शिक्षकहरुमै भएको यस्तो असमानता हाम्रो शिक्षा प्रणालीलाई झापड हाने जस्तै हो। अबका मानिसहरुले विगतमा भन्दा बढी प्रविधिको प्रयोग गर्छन।

जस्तै बैंकिङ प्रणाली, शिक्षण प्रणाली, त्यसैगरी स्वास्थ्य ९टेलिमेडिसिन० सेवामा आकस्मिक रुपमा ह्वात्तै प्रविधिको प्रयोग बढ्न थालेको छ। कतिपय शिक्षक तथा विद्यार्थीले अबको परिवर्तनलाई अवश्यम्भावी देखेका छन् र त्यसै अनुसार परिवर्तन हुन खोज्दैछन् भने अझै धेरै शिक्षकहरुले परिवर्तनको तयारी थालेका छैनन्। तसर्थ सम्पूर्ण शिक्षकहरुले पनि यो कुराको महशुस गरेर तुरुन्त प्रविधिमैत्री बन्नु पर्छ। डिजिटल डिभाइडलाई अन्त्य गर्न आन्तरिक रुपमा परिवर्तनको आवश्यक छ। यो हार्डवेयर र सफ्टवेयरको मात्रै कुरा होइन।

असमानताको तेस्रो पक्ष भनेको घरैमा अध्ययन। यो विषम् परिस्थितिमा शिक्षाको एउटा सुरक्षित र भरपर्दो विकल्प भनेको विद्यालयको सट्टा घरैमा बसेर पढ्ने। तर यो आकस्मिक परिवर्तनले पुनस् शैक्षिक असमानता खडा गर्नसक्छ। सबै बालबालिकाको शिक्षित अभिभावक र घरायसी शैक्षिक वातावरण समान हुँदैन त्यस्तै सबैको कम्प्युटर तथा इन्टरनेटमा समान पहुँच हुँदैन, सबै बालबालिकामा पाठ्यपुस्तकको पहुँच, घरमा पढ्ने तथा काम गर्ने स्थानको एकरुपता हुँदैन। यसरी विकास हुनसक्ने असमानताहरुसँग समेत बेलैमा सचेत हुनुपर्छ।

शिक्षकको विकल्प किन सम्भव छैनर:

यतिबेला आफ्ना नानीहरूलाई घरैमा सिकाउने र पढाउने प्रयत्न जजसले गरिरहेका छन्, उनीहरूलाई शिक्षणकार्य कत्तिको चुनौतीपूर्ण छ र शिक्षकको आवश्यकता कत्तिको महत्वपूर्ण रहेछ भनेर पक्कै महशुस भईसकेको हुनुपर्छ। विद्यालयहरु सुचारु नहुँदा सिकाइको तादात्म्यता मिलेको छैन। बालबालिकाहरूले सिकिसकेका ज्ञान र सीपमा ह्रास आउने पो हो कि भन्ने त्रास पनि उत्तिकै छ।

अझै विद्यालयहरु सञ्चालन नहुँदा शिक्षकहरूसँग सहकार्य गरेर शिक्षण सिकाइका कार्य गर्नुपर्ने कुरा महशुस सबैलाई हुन थालेको छ। यसबाट के बुझ्न सकिन्छ भने बालबालिकाको शैक्षिक विकासको लागि शिक्षकको विकल्प अर्को केही हुन सक्दैन। शिक्षकको कार्य र आवश्यकतालाई कुनै आर्टिफिसियल इन्टेलिजेन्स वा अन्य कुनै नयाँ प्रविधिले ले प्रतिस्थापन गर्न खोज्नु एउटा झुटो कल्पना मात्र हुनसक्छ।

त्यस्ता प्रविधि र माध्यम शिक्षण सिकाइका सहयोगी त बन्न सक्छन् तर शिक्षकको पूर्ण कालिन विकल्प भने हुने छैनन्। किनकी शिक्षा बिल्कुल सामाजिक प्रकृया हो। कतिपय ज्ञान, सीप, क्षमता, सीर्जनाको प्राप्ति शिक्षक र विद्यार्थीको अन्तरकृयाबाट मात्र सम्भव छ। गुरु र शिष्यको समुपस्थितिबाट मात्र भावना र संवेदना सहितको जीवन्त ज्ञान हस्तान्तरण सम्भव छ।

सिकाइ प्रकृयाको महत्वपूर्ण कडी भनेको मनोवैज्ञानिक पक्ष पनि हो। प्रत्येक विद्यार्थीको ग्रहण गर्ने र प्रस्तुति दिन सक्ने क्षमाता फरक हुन्छ। उसका सामाजिक, मानसिक र शारीरिक सबलता र दुर्बलताका पक्षलाई बुझेर एक शिक्षकले मात्र सिकाइलाई प्रभावकारी ढंगले संचालन गर्न सक्दछ। र त्यसको उचित मूल्यांकन गर्न सक्दछ।

प्रविधिले शिक्षकलाई कदापी प्रतिस्थापन गर्न सक्दैन, तर यसले शिक्षक को प्रभावकारिता र गुणस्तरीयतामा भने चुनौती ल्याउनेछ। प्रविधिले गर्न नसक्ने कुरा शिक्षा प्रणालीमा धेरै छन्। जस्तै, एकैपटक एउटा बच्चालाई उत्प्रेरणा चाहिन्छ भने अर्कोलाई पृष्ठपोषण। विद्यार्थीको व्यक्तिगत भिन्नतालाई शिक्षक बाहेक कुनै प्रविधिले पहिचान र सम्बोधन गर्न सक्दैन।

विश्वविद्यालय तहका उच्चशिक्षा डिजिटल प्ल्याटफर्म केही प्रभावकारी भए पनि विद्यालयस्तरमा यसको पहुँच र प्रभावकारीता ठूलो चुनौती हो। विद्यालयमा नानीहरु पढ्न मात्र जादैनन्। विद्यालयमा किताब मात्र पढाइ हुँदैन, त्यहाँ त सामाजिक, नैतिक सवालका कुराहरु सिकाइन्छ। देशको भविष्य कस्तो बनाउने भन्ने कुराको भाग्यरेखा कोर्ने कार्य नै विद्यालयमा हुन्छ। स(साना भाइबहिनीहरुको शारीरिक मानसिक र सर्वाङ्गिण विकासका लागि शैक्षिक संस्थाको कुनै विकल्प हुन सक्दैन।

यहाँ सिकाइ शिक्षण प्रकृयामा शिक्षक र विद्यालयको अनिवार्यतालाई स्वीकार गरिरहँदा शिक्षकहरु पनि अब डिजिटलाइज बन्नुको बाहेक अर्को विकल्प छैन। समयअनुकूल परिवर्तन हुन नसक्ने हो भने प्रविधिको भुमरीले नघुमाउला भन्न सकिन्न। डिजिटल प्रविधिको, ज्ञान र संचालन क्षमता शिक्षण सिकाइको आधारभूत आवश्यकता हुन्। डिजिटल प्ल्याटफर्मलाई एउटा सहयोगी बनाएर शिक्षण गर्ने हो भने ती शिक्षकका विकल्प हैन सहकर्मी बन्ने छन्।

शिक्षण र सिकाइ प्रकृया अझ प्रभावकारी र सहज बन्ने छ। यी सीप र सामाग्री बिना अहिलेको डिजिटलाइज समयमा उपचारात्मक शिक्षण गर्न, वास्तविक सिकाइ गर्न र सिकाइका कठीनाइहरूलाई पूरा गर्न एकदमै चुनौतीपूर्ण हुन्छ। त्यस्तै, शिक्षा सम्बद्ध निकाय, सरोकारवाला वा मन्त्रालयले पनि यो बुझ्न आवश्यक छ कि प्रविधिको प्रयोग र उपलब्धता बिना शिक्षकको पेशागत विकास गर्न तथा शिक्षाका योजनाहरू निर्माण गर्न पनि असम्भव हुन्छ।

शैक्षिक प्रणाली यसैगरी घरैबाट निरन्तर हुँदै गएको खण्डमा राज्यले आवश्यकता अनुसार गरिब र आवश्यक बालबालिकालाई निशुल्क इन्टरनेट लगाएतका अन्य प्राबिधिक सहयोग गर्नु पर्छ।
सबै बालबालिकाले पाठ्यपुस्तक लगायत अन्य शैक्षिक सामग्री घरैमा पाउने वातावरण सुनिश्चित गरिनु पर्छ। त्यस्तै सबै अभिभावकहरु पनि आफ्ना बालबालिकाको शिक्षा र भविष्य प्रति सचेत र सहयोगी हुनुपर्छ। अबको शिक्षा भनेको प्रविधिमैत्री शिक्षकबाट हुने शिक्षा हो। शिक्षण प्रकृया शिक्षक, अभिभावक र समाजको अन्तरसम्बन्धबाट हुन जरुरी छ ।

राज्यले सबै बालबालिकाको शिक्षा प्राप्त गर्ने अधिकारलाई समान रुपले सम्बोधन गर्नुपर्छ। शिक्षा प्रणालीलाई सामान्य परिस्थितिमा सामान्य बनाउन सबै पक्षहरुले एकमत भएर विकल्पहरु खोज गर्न आवश्यक छ । हामीले शिक्षा क्षेत्रलाई पर्खेर अहिलेकै अवस्थामा छोड्ने हो भने भविष्य एक दशक पछाडि पर्न बेर लाग्दैन । आगामी शैक्षिक नीति तय गर्दा यस्ता प्रकारका असहज परिस्थिति फेरि आउन सक्छन् भन्ने कुरालाई आँकलन गरेर निर्माण गर्नु पर्दछ।

यस्ता समस्याहरुको अन्त्य केबल शिक्षा मन्त्रालय वा शैक्षिक क्षेत्रको एकल पहलले मात्र हटाउन सम्भव छैन। शिक्षक, विद्यार्थी, अभिभावक अन्य सरोकारवालाहरु साथै स्थानीय, प्रदेश र संघीय सरकारकाको संयुक्त पहल जरुरी छ। यो देशको र हाम्रो भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो।

नवीन पनेरु,धनगढी |

-सम्प्रेशीत सम्पुर्ण विचार लेखकका व्यक्तिगत विचार हुन् ।

 

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार