सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्वर १२ की ३० बर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले दिएको जानकारी अनुसार निमोनियाकी बिरामी रहेकी उनी बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी थिईन्।

गएराती ८ बजे मृत्यु भएकोमा आज कोरोना पुष्टि भएको हो। भवानी दल गणबाट सह सेनानी नवलसिंह रोकायाको कमान्डमा रहेको सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको छ। तेघरी सामुदायिक वनमा शव व्यवस्थापन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार