SKIP THIS

S.P.A  Collage

कोरोना संक्रमणबाट कर्णाली प्रदेश अस्पतालका डाक्टर सापकोटाको निधन !

 सापकोटाको निधनले अस्पताललाई अतुलनीय क्षति

कोरोनाका कारण डाक्टर सापकोटाको निधन

कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. हरि सापकोटाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटाको उपचारका क्रममा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो। उनकाे बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो।

कोभिड–१९ पुष्टि भएपछि उनलाई दुई साताअघि नेपालगञ्ज उपचारका लागि प्रदेश अस्पतालबाटै रिफर गरिएको थियो। कर्णाली प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काका अनुसार उनलाई ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएका थिए। डाक्टर सापकोटालई मधुमेह र उच्च रक्तचाप पनि थियो ।

कोरोना पुष्टि भएपछि उहाँलाई हामीले नेपालगञ्ज रिफर गरेका थियौं, घर पनि उतै भएकाले उपचारमा सजिलो होला भनेर पठाएका थियौं,’ उनले भने। ५९ वर्षीय अर्थोपेडिक सर्जन सापकोटा १४ वर्षदेखि कर्णाली प्रदेश अस्पतालमा कार्यरत थिए।

उनले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा यो अस्पताल हुँदा तीन पटक निमित्त मेडिकल सुपरिटेण्डेण्ट भएर अस्पतालको नेतृत्व गरेका थिए।

सापकोटा अस्पताल स्थापनादेखि नै यहाँ कार्यरत रहेको निर्देशक डा. खड्काले बताए। सापकोटाको निधनले अस्पताललाई अतुलनीय क्षति पुगेको बताए। ‘उहाँको निधनले हाम्रो अस्पताल र कर्णालीका नागरिकको लागि ठूलो क्षति पुगेको छ, ’ उनले भने।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार