SKIP THIS

S.P.A  Collage

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

Donald J. Trump

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । ट्रम्पसँगै अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई पनि संक्रमण पुष्टि भएको छ ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने ट्रम्पको विश्वास छ ।

यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा उनीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार