धनगढी । धनगढीमा कार्यरत एकजना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत ३५ बर्षिय एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी लाई कोरोना पोजेटिभ देखिएको ट्राफिक प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिनुभयो ।
उहाँले यसभन्दा अगाडी गरिएको परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्यमा सामान्य समस्या देखिएपछि पुनः परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
कोरोना पुष्टि भएपछि उनी होम आईसोलेसनमा बसेका छन । साथै संक्रमितको सम्पर्कमा आएका अन्य कर्मचारीको कन्ट्याक ट्रेसिङ्गका आधारमा कोरोना परिक्षण गर्ने तयारी भएको प्रहरी निरिक्षक बोहराले जानकारी दिनुभयो ।