कञ्चनपुर प्रहरीद्धारा विभिन्न मुद्दामा सजाय तोकिएका ४४ जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर

धनगढीः कञ्चनपुर प्रहरीले विभिन्न मुद्दाका ४४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षको साउनदेखि विभिन्न मुद्दामा सजाय तोकिएका ४४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले जबरजस्तीकरणी, सामूहिक जबरजस्तीकरणी, जबरजस्तीकरणी उद्योग, जालसाजी, चोरी, अवैध मुद्रा, वन पैदावार हानी नोक्सानी, कुटपिट लगायतका मुद्दामा सजाय सुनाईएका ४४ प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार अपहरण शरिर बन्धक जबरजस्तीकरण मुद्दाका ६ जना, जबरजस्तीकरणी मुद्दाका तीन जना, जबरजस्तीकरणी उद्योग र सामूहिक जबरजस्तीकरणी मुद्दाका एक÷एकजना, वन पैदावार हानी नोक्सानी मुद्दाका तीन जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको छ।

त्यस्तै, वन पैदावार मुद्दाका तीन जना, विवाह सम्बन्धी मुद्दाका दुई जना, कुटपिटको मुद्दाका तीन जना, सवारी ज्यान मुद्दाका एक जना, बहुविवाह मुद्दाका दुईजना, चेक अनादर मुद्दाका एकजना फरार प्रतिवादी पनि पक्राउ परेका छन्।

मोटरसाईकल चोरी, जालसाची, चितुवाको छाला ओसारपसार, अवैध मुद्दा सम्बन्धी, नकबजनी चोरी, झुठ्ठा बकपत्र गरेको मुद्दाका एक÷एक जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार