सुदूरको अग्रणी शैक्षिक संस्था ‘एसपिए’ मा यसै शैक्षिकसत्र देखि कानून पढाइ हुदै

सुदूरपश्चिमाञ्चल क्याम्पस 'एसपिए

धनगढीः सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए) ले यसै शैक्षिकसत्र देखि कक्षा ११ मा कानून विषयको समेत पठनपाठन शुरु गरेको छ । एसइइमा न्यूनतम् १ दशमलव ६ जिपिए ल्याएर उत्तीर्ण भएका जोसुकै विद्यार्थीले सो विषयमा भर्ना लिन पाउने एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाहीले बताउनुभयो ।
मुलुक संघीय व्यवस्थामा गएपछि वडा तहदेखि संघीय सरकारसम्म कानून विषय पढेका जनशक्तिको आवश्यकता ठूलो संख्यामा पर्ने भएकाले सो को परिपूर्तिका लागि एसपिएले कानून विषयको पठनपाठन शुरु गरेको जनाएको छ ।
समाजको जुनसुकै क्षेत्रमा पनि कानून विषय पढेका जनशक्तिको उच्च सम्मान र माग रहेको हुँदा यसमा विद्यार्थीले सुन्दर भविष्य निर्माण गर्न सक्ने क्याम्पस प्रमुख कटक जप्रेलले बताउनुभयो । योग्य र सक्षम जनशक्ति उत्पादनका लागि एसपिएले विगतदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको सन्दर्भ उल्लेख गर्दै उहाँले कानूनको पठनपाठनमा पनि उच्च अनुशासन र उत्कृष्ट नतिजालाई केन्द्रमा राखेर पठनपाठन गरिने बताउनु भयो ।
कानून विषय रोजेर भर्ना भएका विद्यार्थीहरुले कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्ने अवसरका साथै सरकारी तथा गैरसरकारी निकायमा आकर्षक, गरिमामय र उच्च सम्मानको पद प्राप्त गर्नसक्ने संयोजक मनोज पन्तले बताउनु भयो । अदालत तथा अर्धन्यायिक निकायमा काम गर्न, आफ्नै ल फर्म खोलेर व्यवसाय शुरु गर्न, विभिन्न संघसंस्थामा आबद्ध भएर सेवा गर्न तथा प्राज्ञिक क्षेत्रमा काम गर्न कानून विषयले सहयोग गर्ने क्याम्पसले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार