शनिबार थप सुदूरपश्चिमका ५६ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

SudurCorona

धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार थप ५६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा परिक्षण गरिएका ६४२ नमुनाहरुमध्ये ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५३ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परिक्षणमा तीन जनामा कोरोना देखिएको हो । यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परिक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ५२२ नमुनाहरुमध्ये ५३ जनामा कोभिड १९ को संक्रमण देखिएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ३५ सहित थप ५३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले कैलालीको धनगढी उपमहानगरपालिकाका ३२ जना, बर्दगोरीया गाउँपालिकाका दुईजना र गोदावरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिकाका ६ जना, पुनर्वास नगरपालिकाका पाँचजना, बेदकोट नगरपालिकाका दुईजना, शुक्लाफाटा नगरपालिकाका चारजना र दार्चुलाका एक जनामा गरी ५३ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै जिल्ला अस्पताल डडेल्धुरामा गरिएको परिक्षणमा थप सबैजनाको नतिजा नेगेटिभ आएको छ । प्रयोगशालाले दिएको जानकारी अनुसार ६९ जनाको नमुना परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको हो । उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४१ नमुनाहरुमध्ये तीन जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाले दिएको जानकारी अनुसार डोटीकै दुई जनामा संक्रमण देखिएको हो । जिल्लाको के.आई.सिंह गाउँपालिकाका एकजना, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का एकजना र नेपाली सेनामा कार्यरत एकजना गरी तीन जनामा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ ।

परिक्षण गरिएका अन्य ३८ जनाको नतिजा नेगेटिभ आएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार १६७ पुगेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार