गाउँपालिको केन्द्रका बिषयमा बिवाद, बैतडीको सुर्नया गाउँपालिकामा सोमबार साँझदेखि तालाबन्दी

बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिको केन्द्रका बिषयमा बिवाद हुदाँ स्थानियबासिले सोमबार साँझदेखि तालाबन्दी गरेका हुन् । गाउँपालिकाको अस्थाई केन्द्र रहेको ठाउँ रौलेश्वर कठ्यागौँडाबाट पविता भन्ने ठाउँमा केन्द्र सार्ने चलखेल भएको भन्दै तालाबन्दी गरिएको स्थानिय नरेन्द्र बिष्टले बताए ।

उनले भने, ‘यहाँका स्थानियबासिले बिगतदेखि अस्थाई केन्द्र भएकै ठाउँमा स्थाई केन्द्र बनाउनुपर्ने माग राखेका छन्, तर गाउँपालिका अध्यक्षले जबरजस्ती रुपमा केन्द्र सार्न खोजेको भन्दै तालाबन्दी गरिएको हो । बिगत डेडबर्ष अघि सर्वोच्चमा अदालतमा मुद्धा समेत दायर गरिएकोमा अदालतले अहिले केन्द्रबारे केहि निर्णय नगर्ने भनेर अन्तरिम आदेश जारी गर्दा समेत गाउँपालिकाको केन्द्र सार्न खोजिनुपर्ति यहाँका स्थानियबासिको आपत्ति छ ।’

बिगतमा राज्य पुर्नसंरचना आयोगले अहिले अस्थाई केन्द्र रहेकै ठाउँमा केन्द्र तोकेको भन्दै स्थानियबासिले २९ रोपनि जग्गाको लालपुर्जा समेत गाउँपालिकामा बुझाएकाले कठ्यागौडाँमै केन्द्र हुनुपर्ने आन्दोलन कर्ताहरुको माग छ । अहिले तत्कालै आफुहको माग सम्बोधन नभएमा कडा आन्दोलनमा उत्रिने उनिहरुले बताएका छन् ।

स्थानिय अर्जुन मडैको संयोजकत्वमा गठित गाउँपालिका केन्द्र संघर्ष समितिले बिगतदेखि आन्दोलनका कार्यक्रम गरिरहेको छ । यता गाउँपालिकाले भने कार्यापालिकाले तोकेकै ठाउँ पवितामा केन्द्र राखिने जनाएको छ । गाउँसभाले निर्णय गरिसकेकाले उक्त निर्णय फेरबदल नहुने सुर्नया ४ का वडाअध्यक्ष दिनेश प्रसाद भट्टले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार