सशस्त्र प्रहरी नायब निरिक्षक टेरलाई कोरोना पुष्टि, आफ्नो सम्पर्कमा आएकाहरुलाई परीक्षण गराउन आग्रह

सशस्त्र प्रहरी नायब निरिक्षक टेरलाई कोरोना पुष्टि

धनगढीः धनगढीमा कार्यरत सशस्त्र प्रहरी नायब निरिक्षक किसनसिह टेरलाइ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब निरिक्षक टेरलाई आज संक्रमण पुष्टि भएको हो। सामान्य लक्षण देखिएपछि शंका लागेर सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षण उनलाई कोरोना देखिएको हो। टेरको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

उनले पछिल्लो १० दिनमा आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित बस्दै परीक्षण गराउन आग्रह पनि गरेका छन्। संक्रमण पुष्टि भएपछि टेर सेल्फ आइसोलेसनमा बसेका छन्। उनी कोरोना संक्रमण रोकथाम तथा जोखिम नियन्त्रणका लागि धनगढी क्षेत्रमा डिउटीमा खटिएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार