रेडियो धनगढी नवौँ वर्षमा प्रवेश, कोरोना कहरलाई मध्यनजर गर्दै अनलाईन मार्फत मनाईयो वार्षिकोत्सव

RdaioDhn

धनगढीः  सुदूरपश्चिम मिडिया मिसन प्रा.लि. द्धारा सञ्चालित रेडियो धनगढी ९०.५ मेगाहर्ज स्थापनाको ८ वर्ष पुरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ ।

२०६९ साल असोज ३० गते देखि आफ्नो प्रशारण यात्रा सुरु गरेको रेडियो धनगढी आठ वर्ष पूरा गर्दै नवौं वर्षमा प्रवेश गरेको हो । कोरोना भाईरस कोभिड १९ को महामारीको कारण सरकारले दिएका निर्देशन तथा जारी गरेको मापदण्डको विशेष पालना गर्दै रेडियो धनगढीले सुदूरपश्चिमको लोकप्रिय रेडियो कार्यक्रम सुदूर बहस मार्फत नवौँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरुले शुभकामना मन्तव्य राख्दै रेडियो धनगढीको उत्तरोउत्तर प्रगतीको कामना गर्नु भएको छ ।  कार्यक्रममा सुदूरपचिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारालामा तामाङ, नेपाली कांग्रेस सुदूरपश्चिमका संसदीय दलका नेता डा. रणबहादुर रावल, नेपाल ब्रोडकास्टिङ एसोसीयसन (वान) का केन्द्रीय अध्यक्ष चन्द्र न्योपाने, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, काठमाडौंको साझेदार संञ्चार संस्था अर्थसरोकार प्रमुख सुरज प्याकुरेले शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तै रेडियो धनगढी नवौँ वर्षको यात्रा तय गरीरहदा सुदूरपश्चिम मिडिया मिसन प्रा.लि. का अध्यक्ष राज बहादुर चन्द तथा कार्यकारी निर्देशक हरि जोशीले ८ वर्षे यात्रा सम्म सहयोग गर्ने श्रोता, तथा विज्ञापनदाताहरु लगायत सम्पुर्ण शुभचिन्तक सबैमा रेडियो धनगढी परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुका साथै अगामी दिनमा पनि सबैको साथ सहयोग पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार