आज राति टेलिकमको सेवामा पुनः समस्या आउने

नेपाल टेलिकम

काठमाडौं: आज राति टेलिकमको सेवामा समस्या आउने भएको छ । सिस्टम मर्मत सम्भारका कारण कम्पनीका केही सेवामा समस्या आउने सक्ने भन्दै टेलिकमले यससम्बन्धी सूचना जारी गरेको हो ।

कम्पनीका अनुसार बिलिङ सिस्टम मर्मत सम्भारका क्रममा ३ गते बिहीबार बिहान २ बजेदेखि ३ः३० बजेसम्म टेलिकमको सेवामा समस्या आउन सक्नेछ । त्यस अवधिमा रिचार्ज, प्याकेज सब्सक्रिप्सन तथा बाँकी रहेको भोलुमको जानकारीमा समस्या आउन सक्ने बताइएको छ ।

यस बाहेकका अन्य सेवा भने यथावत रुपमा सूचारु रहने टेलिकमले जनाएको छ । कम्पनीले सेवामा समस्या आउँदा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।

कम्पनीले बिलिङ सिस्टममा समस्या देखिन थालेपछि पछिल्ला केही महिनायता केही साताको अन्तरालमा सिस्टम मर्मत सम्भारबाट सेवामा समस्या आउन सक्ने भन्दै सूचना जारी गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार