डा.केसी अस्पतालबाट डिस्चार्ज

डा. गोविन्द केसी

धनगढीः चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्य अवस्था सुधार भएपछि चकित्सकको सल्लाह अनुसार डा. केसीलाई डिस्चार्ज गरिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। आफ्नो १९औँ अनसनका क्रममा स्वास्थ्य स्थिति बिग्रीएपछि उनलाई असोज ६ गते काठमाडौँ ल्याइएको थियो।

अनसनको २७औँ दिनमा असोज २४ गते सरकारसँग ८ बुँदे सम्झौता गरी अनसन तोडे पनि उनको स्वास्थ्य अवस्था खराब भएकाले त्रिवि शिक्षण अस्पतालमै उपचाररत थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार