सेती प्रादेशिक अस्पतालमा उपचाररत ५० बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ ।
डोटीको केआईसिंह गाउँपालिका वडा नं. ४ वायल निवासी ५० बर्षिय पुरुषको आज उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
मंगलबार उपचारमा आएका उनको अवस्था गम्भिर थियो ।आइसियुमा राखेर उपचार गर्ने क्रममा परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस लगत्तै उनको कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
उनका अनुसार संक्रमित पुरुषको आज दिउँसो ३ः १० मा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार