एसपी जबराले जिते कोरोना

कैलाली प्रहरी प्रमुख जबरा
कैलाली प्रहरी प्रमुख जबरा

धनगढीः कैलालीका एसपी अनुपम शमशेर जबरा कारोना संक्रमणमुक्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले काठमाडौँमा उपचाररत एसपी जबराको रिर्पोट नेगेटिभ आएसँगै संक्रमण मुक्त भएको जानकारी दिए ।

काठमाडौँको प्रहरी अस्पतालमा उपचाररत जबरा रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज भएका छन् । उनका अनुसार ४ दिन अघि गरिएको परीक्षणमा जबराको रिर्पोट नेगेटिभ आएको हो । उनी अहिले घर फर्किसकेका छन् । केही दिनको आरामपछि मात्र नियमित काममा फर्किने प्रहरीले जनाएको छ ।

गत असोज २० गते कोरोना संक्रमण देखिएका जबराको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ लगिएको थियो । कैलालीमा अहिले प्रहरी प्रमुखको रुपमा काजमा प्रहरी उपरिक्षक दिलिपसिह देउवालाई खटाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार