लागु औषध सहित कञ्चनपुरमा २ जना पक्राउ

लागु औषध सहित कञ्चनपुरमा २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
Advertisement

धनगढीः कञ्चनपुरमा लागु औषध सहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को दुःखी टोलस्थित सडक खण्डमा अटो रिक्सा चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का १८ वर्षीय हिमाल शाह र शुक्फालाफाँटा नगरपालिका वडा नम्बर १० का मनिष सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

उनीहरुको साथबाट ३ ग्राम ७० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार