बैतडीको पुर्चौडी नगरपालिकामा छैनन् कोरोना संक्रमित, जिल्लाभर भने २४ जना

बैतडीमा कोरोनाका संक्रमित
सांकेतिक तस्विर

बैतडी: बैतडीमा कोरोनाका २४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । ४६८ जना मध्ये ४४३ जनाले कोरोना जितेर घर फर्केका छन् भने एकजनाको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लामा सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

यस्तै पाटन नगरपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् भने मेलौली नगरपालिकामा ४ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाको सुर्नया गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका छन् भने डिलाशैनी गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै सिगास, शिवनाथ, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

तत्कालका लागि पुर्चौंडी नगरपालिकामा भने सक्रिय संक्रमित छैनन् । कोरोना भाईरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । चाडपर्वका बेला बढी भीडभाड गरेमा कोरोना भाईरसको जोखिम हुने भएकाले घरमै बसेर चाडपर्व मनाउन उनीहरुले आग्रह गरेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार