डोटीमा वडाध्यक्षका छोराको चक्कु प्रहारबाट एक जना घाइते

वडाध्यक्षका छोराको चक्कु प्रहारबाट एक जना घाइते

डोटी । डोटीमा वडाध्यक्षका छोराको चक्कु प्रहारबाट एक जना युवक घाइते भएकाछन् ।

जिल्लाको शिखर नगरपालिका वडा नं। ७ का वडाध्यक्ष नर बहादुर बलायरका २४ वर्षीय छोरा हर्क बलायरले सोही ठाउँका २१ वर्षीय हर्क बलायरलाई चक्कु प्रहार गरेको हो ।

गाउँमा लागेको दशैं मेलाका क्रममा सोमबार चक्कु प्रहार गरी गम्भिर घाइते बनाएको घाइते हर्क बलायरका दाजु कैलाश बलायरले बताए । घाइतेको धनगढी स्थित निसर्ग हस्पिटलमा उपचार भैरहेको छ ।

चक्कु प्रहार गर्ने वडाध्यक्षका छोरा हर्क बलायरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष बलायर तत्कालिन नेकपा माओबादीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार