कञ्चनपुरको वेदकोट नगरपालिकामा एक पुरुष मृत फेला

मृत अवस्थामा फेला
सांकेतिक तस्विर

धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुरमा सोही ठाउँका अन्दाजी ४५ वर्षीय भीमु खुना मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले खुना झुण्डिएको अवस्थामा मृत भेटिएको बताउँदै घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार