बुधबार सुदूरपश्चिमका थप ८ जनामा कोरोना पुष्ठि, कुल संक्रमितको संख्या कति ?

SudurCorona
प्रकाशित : :

धनगढीः धनगढीका ४ सहित सुदूरपश्चिम प्रदेशमा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा १ सय ७७ जनाको परीक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार सेती अस्पताल प्रयोगशालामा ६ र कमलबजार नगरपालिकाको प्रयोगशालामा २ जनामा संक्रमण देखिएको हो ।

सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका ४ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका र दशरथचन्द नगरपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २, ३ र ५ का १र१ जना र वडा नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ६ सय २० पुगेको छ। संक्रमित मध्ये ७ हजार ५ सय बढीले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट