आज मुलुकभर २३६४ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु, ३०३८ डिस्चार्ज

नेपालमा कोरोना भाइरस
प्रकाशित : :

काठमाडौंः पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९७६९ जनाको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट