सत्यता, सन्तुलन र विश्वसनीयता पत्रकारीताको महत्त्वपूर्ण सिद्धान्त हो: अध्यक्ष देउवा

प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा

लम्की: पत्रकार आचार संहितालाई ध्यानमा राखेर काम गर्न नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारहरुलाई आग्रह गरेका छन् । लोक भिजन साप्ताहिकको तेस्रो वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका देउवाले पत्रकार आचार संहिता विपरीत काम हुने गरेको हुदाँ सामाजिक दायित्व नभुलेर आफूलाई सुधार्दै लैजान पनि उनले आग्रह गरे । सत्यता, सन्तुलन र विश्वसनीयता पत्रकारीताका महत्त्वपूर्ण सिद्धान्त भएको हुँदा निष्पक्ष समाचार सम्प्रेषण गर्नु नै पत्रकारिताको धर्म भएको अध्यक्ष श्रवण देउवाले बताए ।

अहिलेको परिस्थितिमा कोरोना महामारीका बिच जोगिएर काम गर्न र आफ्नो धर्ममा अडिग रहेर अगाडि बढ्न सबै पत्रकारलाई उनले आग्रह समेत गरेका छन् । पत्रकार क्षेत्रमा धेरै विकृति समेत देखा परेको बताउँदै नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका सह–सचिव समेत रहेको देउवाले पत्रकारहरूको नाममा धम्काउने, असुल्ने काम भएको बताए ।

यसले गर्दा व्यवसायी पत्रकारीता गर्ने पत्रकारहरू समस्यामा पर्ने गरेको उनको धारण छ । विशुद्ध मर्यादित पत्रकारिता गर्न अध्यक्ष देउवाले सबै पत्रकारहरूलाई आग्रह गरेका छन् । लम्की स्थित सामुदायिक रेडियो पश्चिम आवाजको सभा हलमा भएको वार्षिक उत्सवमा विभिन्न क्षेत्रका सञ्चारकर्मी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

लोक भिजन साप्ताहिकका प्रकाशक लोक बहादुर देउवाको सभापतित्वमा भएको वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथिमा नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका सह–सचिव तथा प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउवा रहनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका सदस्य तथा प्रेस युनियन लम्कीका सभापति देवानन्द न्यौपाने, प्रेस युनियन लम्कीका निवर्तमान सभापति डम्बर बम, प्रेस सङ्गठन नेपालका प्रदेश सदस्य तथा नेपाल पत्रकार महासङ्घका प्रदेश प्रार्सद लिलाजंग शाही, पत्रकार रमित पाण्डे, दिपक रावल, वीरेन्द्र शाह, उमेश थापा, गोविन्द बिसी, झलक दवाडी, जर्नादन उपाध्याय, नवीन देवकोटा लगायताको सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित सबै पत्रकारले पत्रिकाको प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार नवीन देवकोटाले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार