SKIP THIS

S.P.A  Collage

बैतडीको सुर्नयामा सरकारी गाडीको चरम दुरुपयोग, इन्जिनियरले गाडी चलाउदा भयो दुर्घटना

इन्जिनियरले गाडी चलाउदा भयो दुर्घटना

धनगढीः बैतडीको सुर्नया गाउँपालिकाको गाडी इन्जिनियर कपिलदेब भट्टले चलाउँदा दुर्घटनामा परेको छ । सोमबार साँझ ६ बजे गाउँपालिका –५ बाट वडा नम्बर ४ तर्फ जाँदै गरेको गाउँपालिकाको से १ झ २८७ नम्बरको गाडी डडेश्वर मन्दिर नजिक दुर्घटनामा परेको हो ।

गाडीमा इन्जिनियर कपिल देब भट्ट चालक चन्द्रबहादुर मडै सुर्नया गाउँपालिका–६ अध्यक्षका छोरा सुरेश कुवँर र लेखापाल अशोक भट्ट रहेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । स्थानीयका अनुसार गाडीमा सवार रहेकाहरुले मदिरा सेवन गरेको र गाडीको फोटो खिच्न खोज्दा गाली बेईज्जत गरी धम्काएको बताएका छन् ।

चालक चन्द्रबहादुर मडैले गाडी इन्जिनियर कपिलदेब भट्टले चलाएको स्विकार गरेका छन् । पहिला पनि गाडी चलाउने गरेको भएर भटटलाई चलाउन दिएको चालक मडैले बताए ।

यता प्रहरीले भने गाडीमा सवार कसैलेपनि मदिरा सेवन नगरेको रिपोर्ट जिल्लामा पेश गरेको छ । सुर्नया प्रहरी चौकीका ईन्चार्ज असई टेकबहादुर खडकाले गाडी दुर्घटना भएको ५ घण्टापछि मदिरा सेवनको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य चौकी लिएर आएको स्वास्थ्य चौकी ईन्चार्ज नरेश मडैले बताए ।

स्वास्थ्य चौकीमा मदिरा सेवन गरेको चेक गर्ने उपकरण नभए पनि उनिहरुको हावभाव बोली चाली तथा हिँडाई हेर्दा उनिहरुले मदिरा सेवन गरेको नपाएको स्वास्थ्य चौकी ईन्चार्ज मडैले बताए । तर स्थानीयहरुले भने गाडीमा सवार सबैजनाले मदिरा सेवन गरेको बताए । अहिले उक्त गाडीलाई मर्मत गर्न मंगलवार बिहान १ बजे रातारात धनगढी लगेको स्थानीयले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार