पुर्वपश्चिम राजमार्ग अन्तर्गतको सुखड सडकखण्ड बन्द

पुर्वपश्चिम राजमार्ग

सुखडः पुर्वपश्चिम राजमार्ग अन्तर्गतको सुखड सडकखण्ड बन्द भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी मन्दिर नजिकै ट्याक्टरको ठक्करबाट सुखडका सुरेश लामिछानेको मृत्यु भएपछि मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग बन्द गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

बिहीबार घोडाघोडी नगरपालीका १ घोडाघोडी मन्दिर नजिकै से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्करबाट घाइते भएका लामिछानेको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार