अनेरास्ववियू कैलालीका सह-संयोजक समीर जोशीसंगै बुवामा पनि देखियो कोरोना

धनगढीः अनेरास्ववियू कैलालीका सह-संयोजक समीर जोशीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सह-संयोजक जोशीले हिजो गरीएको परीक्षणमा आफुलाई कोभिड-१९ पोजिटिभ देखिएको जानकारी दिनुभयो । सामान्य टाउको दुख्ने र पखाला लाग्ने समस्या देखीएपछि जोशीले मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिनुभएको थियो ।

अहिले स्वास्थ्य जोशीको अवस्था सामान्य रहेको छ । भने होम आइसोलेसनमै बसेर उपचार गराइरहेका छन् । जोशीले आफ्नो सम्पर्कमा आउनुहुने सम्पूर्ण लाई परिक्षन गर्न अनुरोध गर्नुभएको छ ।

त्यस्तै, सह-संयोजक जोशी संगै उनका ६० वर्षिय वुवाललाई समेतलाई संक्रमण पुष्टि भएको छ । जोशीका अनुसार आफ्नो स्वास्थ्य सामान्य रहेपनि बुवाको स्वास्थ्यमा भने समस्या देखीएको बताउनुभयो । डाक्टरले सुझाए अनुरुप जोशीका बुवालाई अस्पताल भर्नागर्ने तयारी भईरहेको जोशीले बताउनु भयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार