यौन हिंसा विरुद्धको अभियान प्रहारको आयोजनामा धनगढीमा १ हप्ते आत्मरक्षा तालिम सुरु

यौन हिंसा विरुद्धको अभियान प्रहारको आयोजनामा धनगढीमा १ हप्ते आत्मरक्षा तालिम सुरु

धनगढीः धनगढीमा एक हप्ते आत्मरक्षा तालिम सञ्चालन भएको छ । समाजमा महिला हिंसा र बलात्कारका घटना दिनप्रति दिन बृद्धि हुुँदै गएपछि महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम दिनको लागी बिहिबार देखि सुरु भएको हो ।

यौन हिंसा विरुद्धको अभियान प्रहारको आयोजनामा सुरु भएको आत्मरक्षा तालिम कात्तिक २६ गते सम्म सञ्चालन हुनेछ । पछिल्लो समय समाजमा महिलाहरु नै असुरक्षित बन्दै गएपछि महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम आवश्यक रहेको प्रशिक्षण लिने अभियानका संयोजक प्रकाश चन्दले बताए ।

विगतका बर्षमा पनि यसै अभियान अन्तरगत १५ हजार बढी महिलाहरुलाई आत्मरक्षाको तालिम दिइसकेको जनाएको छ । चन्दका अनुसार साता दिनको तालिम पछि तयार भएका प्रशिक्षकहरुबाट बिद्यालयहरुमा निशुुल्क प्रशिक्षण दिइने बताए ।
मनासीब

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार