कानुनमन्त्री शाहको स्वास्थ्य स्थिती असहज, हेलिकोप्टरमार्फत काठमाडौं लगियो

कोरोना संक्रमित कानुनमन्त्री शाहलाइ थप उपचारका लागि काठमाडौं लगियो

धनगढीः कोरोना संक्रमित सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहको स्वास्थ्य स्थिती असहज भएपछि थप उपचारका लागि शुक्रबार हेलिकोप्टरमा काठमाडौं लगिएको छ ।

नाकबाट अत्यधिक रक्तस्राव भएपछि बिहीबार उनलाई धनगढीस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ‘रक्तस्राव रोकिए पनि लगातार आइरहेको ज्वरो कम नभएकाले थप उपचारका लागि काठमाडौं लगिएको हो,’ मन्त्री शाहका स्वकीय सचिव जंग विकले भने । उनलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार