बैतडी प्रहरीद्धारा चरेश बरामद

CahreshBaramad

बैतडीः बैतडीमा प्रहरीले लागु औषध चरेश बरामद गरेको छ । बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको से १ ज २२८ नम्बरको जिपमा चेकजाँच गर्दा एकजना भागेका र उनले छोडेको झोलामा चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सुर्नया गाउँपालिका वडा नं ८ ढोल्यामोडमा जिप चेकजाँचका क्रममा झोला सहित भागेका व्यक्तिलाई पिछा गर्दा उनले झोला जंगलमा फालेको र ती व्यक्ति फरार रहेका प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

भागेका व्यक्तिले छाडेको झोलाबाट चरेश बरामद गरिएको उहाँले बताउनुभयो । फरार रहेका व्यक्तिको खोजी कार्य भईरहेको छ भने जिप नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार