बाटो सम्बन्धि विवाद हुँदा कञ्चनपुरमा श्रीमान श्रीमती घाइते, ३ जना पक्राउ

झडपमा घाइते

धनगढीः बाटो सम्बन्धि विवाद हुँदा भएको झडपमा कञ्चनपुरमा श्रीमान श्रीमती घाइते भएका छन् ।

प्रहरीका अनुसार जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेलामा बाटो सम्बन्धि विवाद हुँदा भएको झडपमा परी ४५ वर्षीय कासीराम सार्की र उनकी श्रीमती राधादेवी सार्की घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घाइते सार्की दम्पत्तीको महाकाली अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाले झडपका क्रममा उनीहरु दुवै जनालाई कुटपिट गर्ने सोही ठाउँका ५५ वर्षीय देवी सार्की, ४६ वर्षीय राजु सार्की र ५१ वर्षीय मदनराज सार्कीलाई पक्राउ गरिएको बताए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार