जब अभिनेता अनुपम खेरले न्यूयोर्कमा आफ्नै पिताको नामगरेका नेपालीलाई भेटे…! (भिडियो सहित)

अभिनेता अनुपम खेर

एजेन्सी । चर्चित भारतीय अभिनेता अनुपम खेर यतिबेला अमेरिकामा छन् । उनी चार दिन पहिले अमेरिका गएका हुन् । अभिनेता अनुपमले एयरर्पोटबाट ट्याक्सि समातेर आफु बस्ने ठाउँसम्म जाने क्रममा एक नेपालीको ट्याक्सिमा चढेका थिए ।

सोही क्रममा उनले ती ट्याक्सि चालकसंग अंग्रेजीमा कुरा गरेका थिए । कराकानी कै क्रममा एकअर्काको बारेमा जानकारी लिंदैगरेको सानो भिडियोको क्लिपलाई अभिनेता अनुपमले आफ्नो ट्वीटरमा शेयर गरेका थिए । पुस्कर पन्त नामका ती नेपाली युवाको नाम आफ्नो बुवाको नामसँग मिलेको र उनीसँग कुरा गर्दा निकै रमाइलो भएको अभिनेता अनुपमले ट्वीटरमा लेखेका छन् ।

दुई मिनेट बीस सेकेन्डको उक्त भिडिओमा अनुपम खेरले सुरूमा पुस्करसंग उनको बारे जानकारी लिएका छन् भने पछि आफ्नो जानकारी दिएका छन् । आफ्नो ट्याक्सिमा भारतीय कलाकार अनुपम बसेको थाहा पाएपछि पुस्करले अुशी व्यक्त गर्दै ‘तपाईँले आज मेरो दिन बनाईदिनु भयो ।’ भनेका छन् । भिडियोमा अभिनेता अनुपमले माक्स लगाएका कारण पुस्करले उनलाई चिनेका हुँदैनन् ।

अनुपमले भिडि‌ओमा पुस्करबारे रूचि राखेर बिस्तारमा उनको काम र परिवारबारे सोधेका छन् ।
कुराकानीकै क्रममा पुस्करले अनुपमलाई आफू न्यूयोर्कमा १० वर्षदेखि बस्दै आएको बताएका छन् । अमेरिकामा बस्दा रमाईलो लागेको छ ? भन्ने प्रश्नमा पुस्करले अनुपमलाई यो त केवल घुम्नकोलागी आउने देश भएको जवाफ दिएका छन् । उनको कुरा सुनेपछि अनुपम आफूले पनि आफ्नो देश मिस गरिरहेको भिडियोमा बताउँछन् ।

भिडियोमा गरिएको कुराकानी अनुसार पुस्करका बाबु ईण्डियन आर्मी हुन् । उनले आफ्नो बाबुको बारेमा अभिनेतालाई सुनाउँदा निकै नै गौरवान्वित हुँदै सुनाएका थिए । त्यो कुरा सुनेर अनुपमले जब‘उसो भए तपाईँ ईण्डियन आर्मीको छोरा ?’ भन्नै लाग्दा लाग्दा उनले प्रतिकृया दिंदै ‘हैन म नेपालीको छोरा तर मेरो बुवा भने ईण्डियन आर्मी’ भन्दै अनुपमलाई स्पष्ट पारेका छन् ।

भिडिओमा अनुपमले छिमेकी देशका नागरिक भेटिएकोमा आत्मीयता प्रकट गरेका छन् । ‘हामी दुबै होम सिकको पीडामा छौं । जे भए पनि हामी यो क्षणलाई सँगै बिताउन सक्छौं । यसमा हामी खुसी हुनुपर्छ । अनुपमले (इन्काउन्टर्स इन) न्यूयोर्क ह्यासट्याग सहितको ट्विट गरेका हुन् ।

उनले लेखेका छन्,‘मेरो बुबाको नाम पुस्कर हो । म चढेको उबर कारका चालकको नाम पनि पुस्कर भएको थाहा पाएर म अचम्मित र खुसी भएको थिएँ। उनका बुबा भारतीय सेनाका जागिरे थिए । मलाई उनीसँग कुरा गर्न र उनलाई सप्राइज दिन रमाइलो लागिरहेको थियो । उनी एकदमै खुसी थिए, अनि म पनि ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार