आगामी डिसेम्बरभित्र कोरोनाको खोप आउने सम्भावना

कोरोनाको खोप

काठमाडौ । कोरोनाको खोप सम्बन्धी एक खुशीको खबर छ । आगामी डिसेम्बरभित्र कोरोनाको खोप आउने सम्भावना देखिएको छ । कोरोना खोप उत्पादनमा सक्रिय औषधी उत्पादन कम्पनीहरुले यस्तो संकेत दिएका हुन् ।

औषधी उत्पादनमा सक्रिय मध्येका एक एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस खोप तयार भइसक्ने सम्भावना देखिएको बताएका छन् ।

कम्पनीका सिइओ पास्कल सोरियटले नियमन गर्ने निकायहरूबाट अनुमति पाएपछि खोप सर्वसाधारणले प्रयोग गर्न पाउने गरी उपलब्ध हुने बताएका हुन् ।

त्यहाँ पनि यसका दुइटा परीक्षणमा सफल नतिजा आएको छ भने तेस्रो पनि प्रभावकारी देखिएको एस्ट्राजेनेका चीनका अपरेसन हेड लियोन जाङले जनाएका छन्।

यो बाहेक चीनले आफैं बनाउँदै गरेको खोप पनि तेस्रो चरणको परीक्षणमा छ। यो खोप सिनोभाक, वुहान इन्स्टिच्युट अफ बायो प्रोडक्सनर सिनोफार्म, केनसिनो बायोलोजिकल र बेजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजीले बनाइरहेका छन्।

साउथ चाइना मर्निङ पोस्टमा छापिएको समाचार अनुसार, रुसमा तयार भइरहेको स्पुतनिक–भी खोपमा पर्याप्त प्रतिरोधात्मक क्षमता विकास भएको एक रिपोर्टले जनाएको छ ।

मस्कोको गाम्ल्याया अनुसन्धान संस्थानका प्रमुख अलेक्ज्याण्डर गिटन्बर्गका अनुसार यो खोप सुरक्षित छ भन्न पर्याप्त उदाहरण छन् ।

उनले रोग प्रतिरोध क्षमता बढाउन यसको अतिरिक्त डोजको आवश्यक पर्न सक्ने बताएका छन् । भारतीय बायोटेक, आइसिएमआर र नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीले पनि संयुक्त रूपमा खोप बनाइरहेको छ । उनीहरूले बनाइरहेको खोपमा पनि विकास देखिरहेको छ ।

अमेरिकी फर्म नोभाभ्याक्सले परीक्षण गरिरहेको कोरोना खोप पनि तेस्रो चरणको परीक्षणमा पुगेको छ । त्यस्तै जोन्सन एन्ड जोन्सनले बनाइरहेको खोप पनि अन्तिम चरणको परीक्षणमा पुगेको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार