चार दिनको मतगणनापछि अन्ततः बाइडेनले जित्दा टिभी होस्ट लाइभमा बोल्दाबोल्दै रोए

बाइडेनले जित्दा जब टिभी होस्ट लाइभमा बोल्दाबोल्दै रोए

वासिङटनः चार दिनको मतगणनापछि अन्ततः जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए । अमेरिकी नागरिकले ४६औँ राष्ट्रपतिको रुपमा बाइडेनलाई पाए ।

विशेष गरी डोनल्ड ट्रम्प विरोधी आम समुदायका लागि भने यो ऐतिहासिक खुसीको क्षण थियो । मुस्लिम, महिला, आप्रवासी तथा अल्पसंख्यक समुदायका अधिकांश युवाहरुले बाइडेनले जितेकोमा भन्दा पनि ट्रम्पले हारेकोमा खुसियाली मनाए ।

प्रतिष्ठित मिडिया सिएनएनका चर्चित होस्ट भान जोन्स त चुनावी परीणामबारे विश्लेषण गर्दागर्दै लाइभ प्रशारणमै रोए । जोन्सले बाइडेनको जितसँगै आफू रोएको भिडियो क्लिप ट्वीटरमा शेयर गर्दै लेखे, ‘यस बिहान अभिभावक बन्न सजिलो छ, बच्चाहरुलाई चरित्रबारे भन्न सजिलो छ ।’

टिभीको लाइभ शोमा उनले भनेका थिए, ‘यो थुप्रै पीडामा गुज्रिरहेका मानिसहरुका लागि एक प्रमाण हो । मैले स्वास फेर्न सकिनँ, त्यो जर्ज फ्लोइडको लागि मात्रै थिएन, त्यहाँ थुप्रै मानिस थिए, जसले स्वास फेर्न सकेनन् ।’

यस्तो भनिरहँदा जोन्स टिभीमा रुँदै गरेका थिए । साथै उनले कार्यक्रमबाटै बाइडेन र कमला ह्यारिसलाई बधाइ समेत दिए । उनले आफ्ना छोराहरुले यो हेरुन् भन्ने चाहेको र सिंगो देशका लागि यो एक सुन्दर दिन भएको प्रतिक्रिया दिए । ‘यो देशका लागि यो सुन्दर दिन हो । मलाई माफ गर्नूस्, जसले यसकै लागि जीवन त्यागे उनीहरुका लागि यो राम्रो दिन भएन, तर धेरैका लागि यो सुन्दर दिन हो,’ जोन्सले भनेका छन् ।

जोन्सले भनेका छन्, ‘जो बाइडेन हाम्रो अबको राष्ट्रपति हुनेछन् । र डोनल्ड ट्रम्प हुने छैनन् । यदी तपाईँ यो देशमा मुस्लिम  हुनुहुन्छ भने तपाईँले राष्ट्रपतिले तपाईँलाई नचाहेकोमा चिन्ता लिनु पर्दैन । यदी तपाईँ आप्रवासी हो भने तपाईँले आफ्ना बालबच्चाहरुलाई टाढा लैजाने बारे सोच्नु पर्दैन । यदी तपाईँ एक स्वप्नद्रष्टा हुनुहुन्छ भने तपाईँ कारण विना नै बाहिर पठाइनुहुन्छ । जब जर्ज फ्लोडको हत्या भएको थियो, उनले मैले स्वास फेर्न सकिनँ भनेका थिए । यी बितेका चार वर्षको अवधिमा हामीमध्ये धेरैले स्वास फेर्न सकेनौँ,’ जोन्सले भनेका थिए ।

नवनिर्वाचित बाइडेनले भने शनिबार सम्बोधनको क्रममा अमेरिकीहरुलाई एकतावद्ध बनाउने र विभाजनलाई निको पार्ने बताएका थिए । ७८ वर्षीय जो बाइडेन अमेरिकामा सबैभन्दा बढी उमेरको राष्ट्रपतिको रुपमा चिर्वाचित भएका छन् । साथै ट्रम्प दोस्रो कार्यकाल चलाउन नपाउने दोस्रो राष्ट्रपति ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार