टिकापुरबाट लुकाई छिपाई राखेको ६० कट्टा अवैध केराउ बरामद

कैलालीमा लुकाई छिपाई राखेको १५ क्वीन्टल अबैध केराउ बरामद

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लामा लुकाई छिपाई राखेको १५ क्वीन्टल अबैध केराउ बरामद गरेको छ । प्रहरीले टिकापुरबाट १ लाख १२ हजार ५ सय मूल्य बराबरको १५ क्वीन्टल अबैध केराउ बरामद गरेको हो ।

टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौला स्थित पुरानो भन्सार नजिक लुकाई छिपाई राखेको ६० कट्टा अवैध केराउ फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

उनले बरामद गरिएको केराउ आवश्यक कारबाहीका लागी भन्सार कार्यालय सत्तिमा पठाइएको जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार