डोकेबजारमा ‘होल्डिङ सेन्टर’ स्थापना, निड्स नेपालले गर्यो स्वास्थय समाग्री सहयोग

कञ्चनपुरको डोकेबजारमा ‘होल्डिङ सेन्टर’ स्थापना

कञ्चनपुरः कञ्चनपुरको डोकेबजारमा ‘होल्डिङ सेन्टर’ स्थापना गरिएको छ । जिल्लाको पुनर्वास नगरपालिका–११ मा रहेको डोकेबजारमा आइतबार सेन्टरको उद्घाटन गरिएको हो ।

पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले उक्त सेन्टरको उद्घाटन गरेका हुन् । होल्डिङ्ग सेन्टरको आइतबार उद्घाटन गर्दै पुनर्वास नगरका मेयर जिवन थापाले संकटमा परेका नेपाली तथा भारतीय नागरिकको स्वास्थ्य सुरक्षा एव उद्दार गरिने बताए ।

सेन्टरमा निड्स नेपालले स्वास्थय समाग्री सहयोग गरेको छ । सामाग्री अन्तरगत सर्जिकल मास्क, सेनिटाइ्र्रजर, सर्जिकल ग्लोब्स, अटो सेनिटाईनर, टेन्ट, हस्पिटल ईक्जानिमेसन मेट्रेस, डस्टविन, स्ट्यान्ड फ्यान, फलाम बेन्च, टर्पुलाईन, टेम्पोरोरी ट्वाईलेट सिट लगाएतका आवश्यक समाग्रीहरु सहयोग गरेको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार