SKIP THIS

S.P.A  Collage

बैतडीको पुर्चौंडीमा कोभीड अस्थायी अस्पताल सञ्चालनमा, बन्यो जिल्लाकै पहिलो अस्पताल सञ्चालन गर्ने पालिका

बैतडीको पुर्चौंडीमा कोभीड अस्थायी अस्पताल सञ्चालनमा

बैतडीः बैतडीको पुर्चौंडी नगरपालिकाले सोमबारबाट कोभीड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।

कोभीड अस्थायी अस्पताल सञ्चालनका लागि संघीय सरकारले १० लाख रकम पठाएपछि बैतडीको पुर्चौंडी नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याएको हो ।

जिल्लाका अन्य स्थानीय तहहरुले अस्पताल सञ्चालनको प्रक्रिया मात्रै शुरु थालेको जनएका छन् । उनिहरुले मेडिकल अधिकृत पाउनै मुस्कील भएकोले अस्थायी अस्पताल सञ्चालनमा ल्याउन समस्या भएको बताएका छन् ।

पुर्चौंडी नगरपालिकामा १ जना मेडिकल अधिकृत, २ जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीको दरबन्दी पदपूर्ती गरेर सोमबारदेखि कोभीड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको पुर्चौंडी नगरपालिकाका सिनियर अहेब हेमराज भट्टले जानकारी दिनुभयो ।

नगरपालिकाले हाट स्वास्थ्यचौकीको पुरानो भवनमा ५ शैयाको अस्पातल सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । पुर्चौडी नगरपालिकामा कोभीड अस्थायी अस्पताल सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारका लागि सजिलो हुने भएको छ ।

पुर्चौंडी नगरपालिकाका प्रवक्ता दलबहादुर धामीको अध्यक्षतामा भएको एक कार्यक्रमकाबीच अस्पतालको उद्दघाटन गरिएको हो । अस्पातल उद्दघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र उपप्रमुख जानकी ऐर बम को समेत उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार