सांसद भण्डारीद्वारा मेलौली–पञ्चेश्वर सडक खण्डको शिलन्यास

सांसद भण्डारीद्वारा मेलौली–पञ्चेश्वर सडक खण्डको शिलन्यास

बैतडीः सांसद दामोदर भण्डारीले मेलौली–पञ्चेश्वर सडक खण्डको शिलन्यास गरेका छन् ।

मंगलबार बैतडीको मेलौली नगरपालिका देखि पञ्चेश्वर गाउपालिकासम्म २५ किलोमिटर सम्म कोलोपत्रे हुने सडकखण्डको संघिय सांसद दामोदर भण्डारीले शिलन्यास गरेका हुन् ।

संघिय सांसद भण्डारीद्धारा मंगलबार गरिएको शिलन्यास कार्यक्रममा प्रदेस सांसद लिलाधर भट्ट, संबिधानसभा सदस्य पुरन दयाल, भौतिक पुर्वाधार कार्यालय बैतडीका प्रमुख जगत प्रशाद जोसी, मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउपालिकाका जनप्रतिनिधि, समाजसेवी एवम मानव अधिकारकर्मी लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

शिलन्यास गरिएको भएपनि निर्माणको काम यस अघि नै सुरु भइसकेको भौतिक पुर्वाधार कार्यालय बैतडीले जनाएको छ । कन्काइ कुमार केएस जेभी सँग ३ वर्षमा सक्ने गरी ४१ करोडमा सम्जौता गरेको भौतीक पुर्वाधार कार्यालय बैतडीका प्रमुख जगत प्रशाद जोसीले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार