सुदूरपश्चिममा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढी । धनगढीमा गरिएको परिक्षणमा मंगलबार थप ३६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १९५ नमुनाहरुमध्ये ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका २८ सहित सुदूरपश्चिममा थप ३६ जनामा कोरोना देखिएको जानकारी दिए ।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जना, गोदावरी नगरपालिकाका ५ जना  र लम्की नगरपालिकाका ४ जनामा समेत कोरोना पुष्टि भएको हो ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना, यस्तै बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाका ११ जनामा समेत कोरोना पुष्टि भएको छ ।

उता डडेल्धुराका २ जना र डोटीको के.आई.सिह गाउँपालिका–६ का एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार