सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढीः कैलालीका ४४ सहित सुदूरपश्चिममा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार १७२ जनाको परीक्षण गर्दा थप ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ११ जना, वडा नम्बर २ का ६ जना, वडा नम्बर ८ का ५ जना, वडा नम्बर ५ का ३ जना, त्यसैगरी वडा नम्बर ३, ३, १३ र १६ का १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिकाका, बर्दगोरिया नगरपालिकाका, टीकापुर नगरपालिकाका, घोडाघोडी नगरपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।  यस्तै ठेगाना नखुलेका कैलालीकै ८ जनामा समेत कोरोना पुष्टि भएको छ ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, पुर्नवास नगरपालिकाका २ जना, महाकाली नगरपालिकाका र बेल्डानी गाउँपालिकाका १/१ जना, यस्तै बझाङको बुंगल नगगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार