होम आइसोलेसनमा बसेका डडेल्धुराका कोरोना संक्रमितको मृत्यु

डडेल्धुराः डडेल्धुरामा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार उनमा कात्तिक १७ गते कोरोना संक्रमण देखिएको थियो। बुधबार मृत्यु भएका संक्रमित मृतकको दोस्रो रिपोर्ट आज (बिहीबार) पनि पोजेटिभ आएको भट्टले जानकारी दिए ।

मिर्गौलाका बिरामी समेत रहेका उनी कोरोना पुष्टि भएपछि घरमै होम आइसोलेसन बसेका थिए । मृतकको शव बुधबार नै आफन्तले व्यवस्थापन गरिसकेका छन्। योसँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यो २ पुगेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार