SKIP THIS

धनगढी उप-महानगरपालिका

गायिका सिराडीले मनाइन दृष्टी फाउण्डेशनमा आफ्नो जन्मदिन

गायिका सिराडीले वेसाहारालाई न्यानो लुगा र तरकारी बाँँडेर मनाइन आफ्नो जन्मदिन

कैलाली: सुदूरपश्चिमकी गायीका कृष्णा सिराडीले बेसाहाराहरुसंग आफ्नो जन्मदिन मनाएकी छिन् । कैलालीको धनगढीस्थित बेसाहारा महिलाहरुलाई आरक्षण दिइरहेको दृष्टी फाउण्डेशनमा आफ्नो जन्मदिन मनाएकी हुन् ।

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत गायिका सिराडीले बेसाहाराहरुका लागी न्यानो लुगा र तरकारी वितरण गरेर जन्मदिन मनाएकी हुन् ।
आफु धेरै आम्दानी गर्नसक्ने अवस्थामा नभए पनि आफुसंग भएको केही रकमले दृष्टी फाउण्डेशनमा सहयोग गर्दै जन्मदिन मनाएको उनले बताइन् । आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन ।

गायिका सिराडीलाई दृष्टी फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले जन्मदिनको शुभकामना दिदै संस्थामा आएर सहयोग गरेकोमा विशेष धन्यवाद दिइन् । विभिन्न व्यक्तिको जन्मदिन तथा विवाह वर्षगाँठका कार्यक्रमबाटै दृष्टी फाउण्डेशन चलेको बताइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार