सुदूरपश्चिममा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढी : सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ६ सय ११ जनाको परीक्षण गर्दा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ११ जनाको परीक्षण गर्दा थप ६९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ६ जनाको परीक्षण गर्दा  ५४ जनामा संक्रमण पुष्टि भएको उनले बताए । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ र २ का ३/३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसैगरी ठेगाना नखुलेका धनगढीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

कैलालीकै टीकापुर नगरपालिकाका १९ जना, बर्दगोरिया गाउँपालिकाका ६ जना, घोडाघोडी नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना, त्यसैगरी चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका १÷१ जनामा समेत कोरोना पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका र डोटीको केआई सिह गाउँपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै, जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ५१ जनाको परीक्षण गर्दा ९ जनामा र जिल्ला अस्पताल बझाङमा १ सय २८ जनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए । उता कमलबजार नगरपालिकाको प्रयोगशालामा २६ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको छ ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ७ सय ८० पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ७ सय ७७ जनाले कोरोना जितेका छन् भने ४३ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार