अगाडीका २ पाङ्ग्रा सडक बाहिर गए पनि यसरी ठुलो दुर्घटनाबाट बाट जोगियो यात्रु बोकेको जीप

ठुलो दुर्घटनाबाट बाट जोगियो यात्रु बोकेको जीप

डोटीः शुक्रबार डोटीमा यात्रु बोकेको जीप ठुलो दुर्घटनाबाट जोगिएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला बजार नजिक शैलेश्वरी यातायातको से १ ज ३०४ नम्बरको जीप दुर्घटना हुनबाट जोगिएको हो ।

सडक छेउमा लगाएको ग्याबिङ्ग जालीका कारण ठुलो दुर्घटनाबाट जोगिएको जनाईएको छ । जीपको अगाडीका दुई पाङ्ग्रा सडक बाहिर गएको भएपनि पछाडीका पाङ्ग्रा जालीले गर्दा रोकीएपछि दुर्घटना हुनबाट जोगिएको एक प्रतक्ष दर्शीले बताए । शुक्रबार बिहान सोही वडाको कुलपातेका अटोरिक्सा दुर्घटना हुँदा ४ जना समेत घाइते भएको जनाईएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार