बैतडी बस दुर्घटना: मृतकका परिवारलाई पवनदूतको मलम, किरिया खर्च बाफत दियो जनही ५० हजार

बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिवारलाई किरिया खर्च

बैतडीः बैतडीको खोड्पेमा भएको बस दुर्घटनाका मृतकका परिवारले किरिया खर्च पाएका छन् ।

पवनदूत अटो मेनेजमेन्ट प्रालिले जनही ५० हजारका दरले किरिया खर्च उपलब्ध गराएको हो । दुर्घटनामा ज्यान गुमाउने सबैको परिवारलाई किरिया खर्चका लागि ५० हजार दिइएको पवनदूत अटो मेनेजमेन्ट प्रालिका प्रबन्धक बिरेन्द्र बहादुर शाहले जानकारि दिनुभएको छ ।

बैतडीको पाटन नगरपालिका ८ खोड्पे स्थीत दशरथ चन्द राजमार्गमा अटो मेनेजमेन्ट प्रालिको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा परी ९ जनाको मृत्युभएको थियो भने ३४ जना घाइते भएका छन् ।

पवनदुत अटो मेनेजमेन्ट प्रालिले मृतकका सबै परिवारलाई किरिया खर्च उपलब्ध गराएको बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार