आफै काम गर्ने कम्पनी एपोलो पेन्टसको ९७ लाख चोर्ने धोकेबाज सुरक्षागार्ड पक्राउ

पक्राउ

चितवनः चितवनको भरतपुरमा रहेको एपोलो पेन्टसको कार्यालयबाट ९७ लाख रकम चोरी गरेको आरोपमा सोही कम्पनीमा कार्यरत सुरक्षागार्डलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले कम्पनीको रकम चोरी गर्ने सुरक्षागार्ड चितवन कालिका नगरपालिका ६ बस्ने ४० बर्ष को कबिराज थापालाइ पक्राउ गरेको हो। थापाले गत कार्तिक आफैले काम गर्दै आएको भरतपुर महानगरपालिका ९ काँडाघारीमा रहेको एपोलो पेन्टस प्रालि कार्यालयको कोठा भित्र रहेको सेफ (लकर) फुटाइ नगद चोरी गरेको चितवन प्रहरीले जनाएको छ।

सोधपुछको क्रममा थापाले चोरी गरेको ९७ लाख रकम र चोरी गर्न प्रयोग गरिएको औजार समेत वरामद गरेको छ। पक्राउ परेका थापालाई चोरी कसुर अन्तरगत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । -देशसञ्चारबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार