धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु

मृत्यु/ज्यान गयो
सांकेति तस्विर

धनगढीः धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बुधबार साझ धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा कञ्चनपुरको बेलौरी जाँदै गरेको ना ५ ख ८९३२ नम्बरको पवनदुत यातायातको बसले भे प १५२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बर्दियाको ठाकुर बाबा नगरपालिका २ की २१ वर्षीया तुलसी पौडेलको नवजीवन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताउनुभयो ।

मोटरसाइकल चालक सुर्खेतको बिरेन्द्र नगर नगरपालिका ११ का २१ वर्षिय मदन ढकाल घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । बसका चालक र बसलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार