मोटरसाइकलमा हिडिरहेको अवस्थामा खुकुरी प्रहार हुँदा एक युवक गम्भीर घाईते

मोटरसाइकलमा हिडिरहेको अवस्थामा खुकुरी प्रहार हुँदा एक युवक गम्भीर घाईते

चक्कु प्रहार

कञ्चनपुरः मोटरसाइकलमा हिडिरहेको अवस्थामा खुकुरी प्रहार हुँदा पुनर्वासमा एक जना युवक गम्भीर घाईते भएका छन ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ६ स्थित नगरपालिका कार्यालय अगाडि बुधबार दिउँसो मोटरसाइकलमा हिडिरहेको अवस्थामा खुकुरी प्रहार हुँदा पुनर्वास ३ का २३ वर्षीय माने तामाङ गम्भीर घाईते भएको जनाईएको छ ।

खुकुरी प्रहारबाट घाईते तामाङको गर्धनमा, पिठ्युँ र हातमा ठुलो चोट लागेको छ । घाईते तामाङको पुनर्वास पोलिक्लिनिक प्रालि आईबिआरडीमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समुह फरार रहेको भएपनि उनिहरुको खोजी कार्य भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार