झुण्डिएको अवस्थामा मृत फेला कञ्चनपुरका वडाध्यक्षको अन्त्यष्टी

बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकाको अन्त्यष्टी

कञ्चनपुरः झुण्डिएको अवस्थामा मृत फेला कञ्चनपुरका वडाध्यक्षको अन्त्यष्टी गरीएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोका शुक्रबार बिहान घर नजिकैको किसान मध्यवर्ती वनमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका वडाध्यक्ष रोकायाको झिलमिला स्थित आर्यघाटमा शनिबार अन्त्यष्टी गरिएको हो ।

५५ वर्षीय मृतक रोकायाको अन्तिम संस्कारमा सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्का, पुनर्वास नगरपालिका नगर प्रमुख जीवनराज थापा र उपप्रमुख शारदा शर्मा बिष्ट, बेलौरी नगरपालिकाकी उपप्रमुख चित्र कुमारी चौधरी, वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द र उपप्रमुख सुशीला सिंह, बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्री र उपाध्यक्ष कमला देवी कार्की सहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसैबीच, वडाध्यक्ष रोकायाको निधनमा बेलडाँडी गाउँपालिकाले आइतबारका दिन शोक विदा दिने निर्णय गरेको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार