एक महिनापछि बाबुराम र हिसिला यमी भए कोरोना मुक्त

बाबुराम र हिसिला

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमी कोरोनामुक्त भएका छन् ।

उनले आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको ट्वीटरमार्फत जानकारी दिए । डा. भट्टराईले कोरोना भाइरसको महाव्याधिलाई एक्लाएक्लै जित्न सकिन्न नसकिने भन्दै सबैको समान प्रयास आवश्यक भएको समेत बताएका छन् ।

‘एक महिनापछि कोभिड–१९ सँग हामी दुबैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो । यो युद्धविराम हो, विजय हैन । यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रुपमा जित्नु पर्छ । अतः सबैले नियमित सुरक्षा विधि जारी राखौँ । शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद ।,’ भट्टराईले ट्वीटरमा लेखेका छन ।

भट्टराई दम्पतीलाई कार्तिक ७ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार